April 25, 2025

८ महिलालाई रत्ननगर–१५ द्वारा निःशुल्क सिलाई मेशिन प्रदान

August 5, 2023
- ADVERTISEMENT -

चितवन / रत्ननगर नगरपालिका वडा नं. १५ ले सिलाई कटाई सिप सिकेका महिलालाई निःशुल्क सिलाई मेशिन प्रदान गरेको छ । वडा अध्यक्ष आशिक तामाङले शुक्रबार एक कार्यक्रमका बिच सिलाई मेशिन हस्तान्तरण गरेका हुन् ।
वडाले यसअघि दिएको ३ महिने सिलाई कटाई तालिम असार ११ गते सम्पन्न भएको थियो । सोही तालिममा सहभागी भएर सिप सिकेका ८ जना महिलाहरुलाई सिलाई मेशिन प्रदान गरिएको हो ।
वडा अध्यक्ष तामाङले महिलाहरुलाई सिलाई पेशातर्फ आर्कषित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको बताए । आफूले सिकेको सिपलाई सक्दो उपयोग गरी स्वरोजगार बन्न उनले आग्रह गरे । हातमा सिप भएको मान्छे कहिल्यै भोको बस्नु नपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वडा सदस्य लिला देवी पेख्रेल, रुकमाया परियार, शिवप्रसाद तिवारी, इमप्रसाद पन्त, वडा सचिव रुपबहादुर पण्डीत क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -