बेइजिङ / चीनको हेबेई प्रान्तमा बाढीमा परेर २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।
चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा विस्थापित गरिएको छ ।
साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ । एजेन्सी