April 25, 2025

हिमाल आरोहण शुल्क अबदेखि १५ सय डलर

August 16, 2023
File photo.
- ADVERTISEMENT -

काठमाडौं / विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क बढाउने तयारी गरिएको छ ।

सगरमाथा आरोहण गर्न वसन्त ऋतु ९स्प्रिङ सिजन० मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ ।

विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी ९छौटौ संशोधन० नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ । सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो ।

विभागले सगरमाथालगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निर्णय गरेको महानिर्देशक लुइँटेलले जानकारी दिए ।

- ADVERTISEMENT -