Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१५ दिने गुरुङ भाषा प्रशिक्षणको समापन, मनकुमारी गुरुङ सर्वोत्कृष्ट

प्रकाशित मिति : २०८० भाद्र ४ गते

चितवन / भरतपुर बाइसपासरोड स्थित तीन खोले गुम्बामा गुरुङ समुदायलाई मात्र लक्षित गरी संचालन गरिएको १५ दिने तमू (गुरूङ) भाषा कक्षा सम्पन्न गरिएको छ । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनद्वारा आयोजित गरेको १५ दिने तमू (गुरूङ) भाषा कक्षा आइतबार सम्पन्न भएको हो ।

प्रशिक्षणको तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रय परिषद्, चितवन र ह्युल छोँज धीँ र तमूस्यो ह्युल छोँज धीँको भरतपुर महानगर समितिसँगको सहआयोजना रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

तमू ह्युल छोँज धीँको बागमती प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गणेशबहादुर गुरूङले दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् । चितवनका पत्रकार तुलमान गुरूङ, सञ्चारकर्मी सीतादेवी गुरूङ र तमू ह्युल छोँज धीँ चितवनकी कार्यसमिति सदस्य उमिता गुरूङले प्रशिक्षण दिएको तालिममा ५० जना सहभागी थिए ।

पछिल्लो समय बसाइसराइका क्रममा आफ्नो किलोथलो छाडेसँगै भाषा पनि बिर्सँदै जाँदा हरेक जातिको भाषा संरक्षण चुनौतीको विषय बन्दै गइरहेको छ । यही क्रममा ह्युल छोँज धीँले चितवनका गुरूङ समुदायका लागि एउटा गौरवपूर्ण कार्यक्रम आयोजना गरेको गुरूङ अगुवाहरुले बताएका छन् । यसलाई निरन्तरता दिन पनि उनीहरुले आयोजकलाई सुझाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

ह्युल छोँध धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले भाषा कक्षा सञ्चालनको लागि वार्षिक कार्यक्रम नै बनाएर काम गर्ने योजना रहेको सुनाइन् । १५ दिने भाषा कक्षा सञ्चालनले उत्साह सिर्जना गरेको भन्दै यसलाई सरकारी तहबाटै बजेट माग गरेर काम गर्नुपर्ने सोचमा ह्युल छोँज धीँ अगाडि बढेको उनले बताइन् ।

कार्यक्रममा ह्युल छोँज धीँ चितवनका निवर्तमान अध्यक्ष एवम् वागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङ, चितवन जिल्लाका पूर्वअध्यक्षहरु चन्द्रमान गुरूङ, पदमबहादुर गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङलगायतले मन्तव्य राखेका थिए ।

भाषा प्रशिक्षणमा मनकुमारी प्रथम

साउन २१ गतेदेखि १५ दिनसम्म सञ्चालन भएको भाषा कक्षामा भरतपुर–११ की मनकुमारी घले प्रथम भएकी छन् । शनिबार लिइएको परीक्षामा ५० जना प्रशिक्षार्थी सहभागी हुँदा भरतपुर–११ कै कविता गुरूङ द्वितीय, भरतपुर–१६ का टेकबहादुर गुरूङ तृतीय र भरतपुर–२२ की रनकुमारी गुरूङले सान्त्वना स्थान हासिल गरेका छन् ।

परीक्षामार्फत उत्कृष्ट स्थान हासिल गर्न सफल चार जनालाई समापन समारोहको अवसरमा आइतबार पुरस्कारस्वरुप मायाको चिनो प्रदान गरिएको छ । सोही अवसरमा प्रशिक्षार्थीहरुले पनि प्रशिक्षकहरुलाई सम्मानस्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

आयोजकका तर्फबाट पनि प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई कदरपत्र प्रदान गरेको थियो । १५ दिनसम्म सहभागीहरुलाई पत्रकार तुलमान गुरूङ, सञ्चारकर्मी सीतादेवी गुरूङ र उमिता गुरूङले प्रशिक्षण दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42