काठमाडौं / काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई महिलासहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङका प्रहरी प्रवक्ता सन्तु जयसवालका अनुसार धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज (बुधबार) बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
उक्त बसरमा १६ जना सवार थिए भने ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रवक्त जयसवालले बताए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको बताइएको छ ।
त्रिशूलीमा बस खस्यो, ८ जनाको मृत्यु
August 23, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
