२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको पञ्चरत्न फिड्स र कैलाशपति एग्रो बिरुद्ध मुद्दा दायर

प्रकाशित मिति : २०८० भाद्र ७ गते

चितवन / खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ मा रहेको पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको कैलाशपति एग्रो प्रालिलाई मुद्दा दायर गरिएको हो ।

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले उनीलाई मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई दाना पदार्थ ऐन २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई यस ऐनअन्तर्गत नगद रु २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद मागदाबी गरी मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिक दानाको नमूना सङ्कलन गरी २८ वटा कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीका लागि कारबाहीका लागि सिफारिस गरिएको छ । चिया र मह उत्पादन गर्ने कम्पनीलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि विभाग पठाइएको अधिकारीले बताउनुभयो ।

यस्तै कार्यालयले गत आवमा एक सय वटा विभिन्न खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको छ । अधिकारीका अनुसार तत्काल अनुगमन १६ पटक गरिएको छ । पचासी पटक खाद्य बजार अनुगमन, दाना बजार अनुगमन २४ पटक, होटल अनुगमन ६० वटा, खाद्य उद्योग ५९ वटा, १४ वटा दूध, तेल तथा पानी उद्योग अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी कार्यालयले हाटबजार तथा मेला महोत्सवको आठ पटक अनुगमन गरेको छ । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको उहाँले बताउनुभयो । स्थानीय पालिकासँगको समन्वयमा गुनासो आएका स्थानको निरीक्षण अनुगमन गरिएको उहाँको भनाइ छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91