April 26, 2025

तीर्थयात्री बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको सनाखत, चालक फरार

August 24, 2023
- ADVERTISEMENT -

काठमाडौं / चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बाराको जीतपुरसिमरा स्थित चुरिमाईमा भएको सातै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त यात्रुवबाहक बस काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् ।

दुर्घटनामा मृत्यु भएका भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।

- ADVERTISEMENT -