April 30, 2025

आत्मसमर्पणका लागि जेल पुगे पूर्व राष्ट्रपति डोनाल्ड

August 25, 2023
File photo.
- ADVERTISEMENT -

काठमाडौं / अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आत्मसमर्पणका लागि जेल पुगेका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

जेलमा हाजिर भएका उनलाई २ लाख डलरको जमानतमा उनी रिहा भएका छन् । ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास गरेको आरोप लागेको थियो ।

यस्तै, ट्रम्पको मग शट (अनुहारको तस्बिर) लिइएको छ । अमेरिकी कानुनका अनुसार प्रहरीले आरोपितको फोटो खिच्नुलाई मग शट भनिन्छ । ट्रम्पको औँठाछाप लिइ अनुहारको तस्बिर लिइएको बीबीसीले जनाएको छ । अमेरिकामा यस्तो मग शट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति भएका छन् ।

ट्रम्प जेल पुगेपछि त्यहाँ बाहिर उनका समर्थकहरुको भिड लागेको थियो। ट्रम्पले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए । त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए ।

‘निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ । मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो,‘ उनको विमानबाहिर पर्खिरहेका पत्रकारहरूलाई उनले भने । ‘मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ ।’ सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न लागेका टम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो ।

यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए ।

- ADVERTISEMENT -