April 22, 2025

पहिरोमा परी दुई घर ढले, दुई दर्जन बढी जोखिमपूर्ण

August 26, 2023
file photo.
- ADVERTISEMENT -

बागलुङ / अविरल वर्षाका कारण पहिरोमा परेर बागलुङमा दुई वटा घर भत्किएको छ । त्यस्तै दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाका कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएको प्रहरीले जनाएको छ ।

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको छ ।

घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेका छन् ।

घर भत्किँदा नारायणको १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जमुनाको ६ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण वस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको उनीहरुको गुनासो छ ।

- ADVERTISEMENT -