२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संसदीय समिति सभापतिको निर्वाचन आज

प्रकाशित मिति : २०८० भाद्र ११ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रतिनिधि सभाअन्तर्गत गठित १० वटा विषयगत समितिका सभापतिको निर्वाचन आज (सोमबार) हुँदैछ । लामो समयदेखि रिक्त रहेको उक्त समितिहरुले आज पूर्णता पाउने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार, ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

- ADVERTISEMENT -

Advertisement

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन हुने जनाइएको छ ।

जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । संसदीय समितिमा भाग नपाएपछि रास्वपाबाट पराजुलीलाई उद्योग समितिमा उम्मेदवार दिएका छन् ।

दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा र जनमत पार्टीबाट एक–एक समिति सभापतिमा उम्मेदवारी परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -