२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

पुर्बेली समाजको १७औं स्थापना दिवस : संस्थापक र निबर्तमान अध्यक्ष सम्मानित

प्रकाशित मिति : २०८० भाद्र ११ गते
- ADVERTISEMENT -

चितवन / पुर्बेली समाज चितवनले आफ्नो १७ औ स्थापम्ना दिवस सोमबार विभिन्न कार्यक्रम गरि मनाएको छ । समाजले भरतपुरमा एक कार्यक्रम गरी समाजका सस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराई र निबर्तमान अध्यक्ष डिक ब गुरुङलाई सम्मान गरेको छ ।

उहाँहरुलाई प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । प्रजिअ थापाले चितवन देसैभरका मानिसहरु बसोबास गर्ने भएकाले विविधतायुक्त जिल्ला भएको बताउनुभयो । उहाँले जन्मस्थान जहाँ भए पनि कर्मथलोमा रहेरै सान्ति र समृद्ध समाज निर्माणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

संस्थापक अध्यक्ष डा भट्टराईले स्थापनाका क्रममा १०÷१२ जना सदस्यबाट सुरु भएको समाज अहिले सयौंमा पुगेको उल्लेख गर्नुभयो । समाजले पुर्बेली सस्कार सस्कृतिलाई बिस्तार गर्दै बिभिन्न सामाजिक कार्यमा जोड दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा कृषि तथा बन बिज्ञान विश्वविद्यालयका रजिस्टार डा सारदा थपलिया, समाजका सल्लाहकार पदम ब गुरुङ, गायित्रीदेवी श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । समाजका अध्यक्ष तेजप्रसाद चुडालले समाजले बिगतदेखिनै विभिन्न सामाजिक कार्यक्रम गर्दैआइरहेको स्मरण गर्दै आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

पुर्बेली समाज नेपालको पुर्बी जिल्लाहरु झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका जिल्लाहरुबाट विभिन्न समयमा चितवनमा आएर बसोबास गर्ने तथा कर्मथलो बनाउदै आएका पुर्बेलिहरुको सामाजिक सस्था हो ।

समाजले पुर्बेलिहरुलाई एउटै मालामा जोड्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । समाजले समस्यामा परेका पुर्बेलिहरुलाई सहयोग तथा समन्वय गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -