चितवन / नृत्य निर्देशक संघ नेपाल चितवन शाखा (डिड्यान) को नेतृत्वमा पुष्प श्रेष्ठ निर्विरोध निर्वाचित भएको छ । संघको शनिबार सम्पन्न छैंठो साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा विक्रम श्रेष्ठ, सचिवमा मनिष लामा, सह सचिवमा शंकर राना, कोषाध्यक्षमा वसन्त लामा निर्वाचित भएका छन् । यस्तैगरी कार्यसमिति सदस्यहरुमा प्रीति कर्माचार्य, देव आले मगर, अमर आले मगर छानिएका छन् भने एक जनालाई कार्यसमितिको पहिलो बैठकबाट चुनिने बताइएको छ ।
नवनिर्वाचित अध्यक्ष पुष्प श्रेष्ठले विधानमा १३ सदस्यीय कार्यसमिति रहने भएकोले छिट्टै बैठकबाट टुंगो लगाई थप चार जनालाई मनोनयन गरी पूर्णता दिइने जानकारी दिए ।
कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल चितवनका अध्यक्ष रेनु तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसअघि संघले हरेक दुई वर्षमा अधिवेशन गर्दै आएको भए तापनि यस पटक भने डेढ वर्षमै अधिवेशन सम्पन्न गर्न केन्द्रले सबै जिल्ला शाखाहरुलाई परिपत्र जारी गरेको अध्यक्ष तामाङले बताए ।
केन्द्रको परिपत्र अनुसार जिल्ला शाखाहरुलाई अधिवेशन सम्पन्न गर्नका लागि भदौ मसान्तभित्रको समयसिमा दिइएको छ ।