२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

ज्येष्ठ नागरिकको सम्मान गरौं

प्रकाशित मिति : २०८० भाद्र २० गते
- ADVERTISEMENT -

ज्येष्ठ नागरिक समाज र राष्ट्रका अमूल्य गहना हुन् । हाम्रो पहिचान, सभ्यता र शान पनि उनीहरु नै हुन् । परिवार, समाज र देशका लागि योगदान गरेका ज्येष्ठ नागरिकहरु स्वतः सम्मानका हकदार मानिन्छन्् । जसले आफ्ना आमाबाबुप्रतिको दायित्व भुलेर हेँला अनि तिरस्कार गर्छ, उनीहरुको आत्मसम्मानमा ठेस पु¥याउँछ त्यो असल सन्तान हुनसक्दैन । आफ्ना श्रद्धेय अभिभावकको भावनामा चोट पुग्ने गरी अपमान गर्ने सन्तान असल नागरिक पनि बन्न सक्दैन । हामीले आफ्नो पहिचान स्थापित गर्दै गर्दा र समाजमा सम्मान र प्रतिष्ठा प्राप्तिको अभीप्सा राख्दै गर्दा हामीले ज्येष्ठ नागरिकप्रतिको दायित्व कति पूरा ग¥यौँ ? ती अनुभवी व्यक्तित्वलाई कति खुसी राख्न सक्यौँ वा उनीहरुमा रहेको ज्ञान, सीप र अनुभवको सदुपयोग कति गर्न सक्यौँ ? यसले नै हाम्रो सफलताको मापन गर्दछ । जीवनको उत्तराद्र्धमा ज्येष्ठ नागरिकहरुले भोग्नुपरेका गुनासो सम्बन्धमा पटकपटक राज्यको ध्यानाकर्षण नभएको होइन । उनीहरुको भावना र मौलिक अधिकारका विषयमा अझै पनि राज्य मौन छ ।

ज्येष्ठ नागरिकहरु राज्यबाट मात्र होइन, सामाजिकरुपमा पनि अपहेलित नै छन् । पछिल्लो समय ज्येष्ठ नागरिकहरुलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आए पनि समग्रमा उनीहरु उपेक्षित र अपहेलित नै छन् । यसै विषयलाई मध्यनजर गरी ज्येष्ठ नागरिकहरुलाई अपमान हुने गरी जुनसुकै समय र स्थानमा व्यवहार गरिएमा दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले व्यक्त गर्दै आएको छ । कुनै पनि सन्तानले आफ्ना अभिभावकप्रति दायित्व पूरा नगरेमा, हेँला, दुव्र्यवहार गरेमा स्थानीय सरकारबाट सेवासुविधा कटौती गरिनुपर्छ । ज्येष्ठ नागरिकको हकअधिकार सुनिश्चित गराउन र परिवारबाट सद्भाव र सम्मान बढाउन हरेक स्थानीय सरकारले चासो राख्नैपर्ने विषय हो यो । ज्येष्ठ नागरिकले बारम्बार उठाउँदै आएको मुद्दा नै सार्वजनिक सेवामा विशेष प्राथमिकता पाउनुपर्ने भन्ने नै हो । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई सिट अरक्षण छुट्याइनुपर्ने र यातायात, स्वास्थ्य सेवालगायतमा ५० प्रतिशत छूट गरिनुपर्ने माग तत्काल कार्यान्वयन हुनुपर्छ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ मा वृद्धवृद्धाहरुलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गरी उनीहरुमा रहेको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै श्रद्धा, आदर–सम्मान, सद्भाव अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ । उक्त ऐनमा ६० वर्ष उमेर पुगेकाहरुलाई ज्येष्ठ नागरिक मानिएको छ । ऐनमा उनीहरुलाई सम्मान गर्नुपर्ने, पालनपोषण र हेरचाह गर्नुपर्ने, उनीहरुले कमाएको सम्पत्ति आफूखुसी खर्च गर्न पाउनुपर्ने उल्लेख छ । अझैसम्म ज्येष्ठ नागरिकका हैसियतमा सुविधा खोज्दा अपमान, दुव्र्यवहार र आक्रमणको शिकार हुनुपर्ने नियति विद्यमान छ । ऐन बने पनि कार्यान्वयनमा जोड नदिइँदा ज्येष्ठ नागरिकहरु अधिकारबाट वञ्चित भइरहेका छन् । जीवनको उत्तराद्र्धमा तनावमुक्त जीवन व्यतीत गर्न ध्यान दिनुपर्नेमा वृद्धाश्रममा लगेर राख्ने, परिवारमा बस्न पाउने अधिकार र सम्पत्तिको अधिकारबाट वञ्चित गर्ने काम भइरहेका छन् । संविधानले प्रदान गरेको सामाजिक सुरक्षाको अधिकारबाट उनीहरुलाई वञ्चित गरिनु भनेको भविष्यमा आफ्नै अपमान गर्नु हो । त्यसैले आजका युवाहरु पनि भोलि वृद्धवृद्धा हुन् भन्ने सत्यलाई मनन गरी व्यक्ति, परिवार, समाज र सिंगो राज्यले नै ज्येष्ठ नागरिकको संरक्षण र संवद्र्धनमा ध्यान दिनु जरूरी छ ।

- ADVERTISEMENT -