२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

‘पत्रपत्रिकाको प्रर्वद्धनमा स्थानीय तहले विशेष पहल गर्नुपर्छ’

प्रकाशित मिति : २०८० भाद्र २० गते
File photo.
- ADVERTISEMENT -

–बबिलाल तामाङ
भरतपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपालको सन्दर्भमा परिवर्तनका लागि साप्ताहिक पत्रिकाले दिएको योगदान अतुलनीय रहेको बताए । साप्ताहिक सञ्जाल नेपाल–चितवनको पहिलो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष पोखरेलले सो बताएका हुन् ।

कार्यक्रममा जनमत निर्माण गर्ने, बिचार निर्माण गर्ने वा सामाजिक अभिवृद्धि गर्ने सम्बन्धमा साप्ताहिक पत्रिकाले पंचायत कालखण्डमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष पोखरेलको भनाइ थियो ।

उनले अबको पत्रिकालाई संग्रहनीय बनाउनु जरुरी भएको र त्यसका लागि अनुसन्धानात्मक पत्रकारिता आवश्यक रहेको

बताए । हालको परिपे्रक्ष्यमा पत्रिका दिगोपना चुनौति नै बन्दै गएको उनको जिकिर थियो ।

आगामी दिनमा स्थानीय सरकारसँग पहल गरी समन्वय तथा नीति निर्माणकासाथ अघि बढ्नु पर्ने बताए । यसका सञ्चालनले नै आवश्यक कदम चाल्नु पर्ने उनको सुझाव थियो ।

उनले साप्ताहिक पत्रिका नेपाल पत्रकारिताको जननी भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । उनले बढ्दो सूचना प्रविधिको विकाससगैँ साप्ताहिक पत्रिकाको प्रयोगमा केही कम देखिए पनि यसको महत्व र उपयोगिता महत्वपूर्ण रहेको स्पष्ट पारे ।

साप्ताहिक पत्रिकाको प्रर्वद्धनमा केन्द्र, प्रदेश र स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा उनको जोड दिए ।

कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायण अधिकारी, भरतपुर महानगर वडा नं. २९ वडा अध्यक्ष सूर्यबहादुर गुरुङ्ग, प्रेस युयिन नेपाल चितवनका अध्यक्ष अनिल ढकाल, साप्ताहिक सञ्जाल नेपाल–चिनवनका सल्लाहकार शान्ता अधिकारी (क), राजधानी आस्थाका संचालक नवराज ढकालले मन्तव्य दिएका थिए ।

साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । उनकै नेतृत्वले २०७८ साल मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरेको हो ।

- ADVERTISEMENT -