April 20, 2025

ट्रकमा बस ठोक्किँदा ७ को मृत्यु, ३० जना घाइते

September 9, 2023
- ADVERTISEMENT -

दाङ / बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्ँिकदा सात जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे उक्त बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

प्रवक्ता डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -