Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर उद्योग बाणिज्य संघको दसौं अधिवेशन उद्घाटन

प्रकाशित मिति : २०८० भाद्र २५ गते

चितवन / रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सोमबार उद्घाटन भएको छ । अधिवेशनको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्घाटन गरेका हुन । अधिवेशनले तीन बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

अधिवेशनले संघको पदाधिकारी सहित २५ पद निर्वाचनबाट चयन गर्ने छ । दलिय सहमतिका आधारमा २५ पद मध्ये २४ पदमा निर्विरोध भएको छ । सहमति जुट्न नसकेपछि एशोसियट उपाध्यक्षमा विरन्जना सापकोटा र हरिप्रसाद अधिकारी बीच प्रतिस्पर्धा हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

संघको सभाहलमा भोली मंगलबार विहान ९ बजेबाट दिउसो ४ बजे मतदान संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए । बरिष्ठ उपाध्यक्ष, उद्योग तर्फ उपाध्यक्ष, बाणिज्य तर्फ उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष सदस्य पद निर्विरोध भएको महासचिव निराजन खनालले जानकारी दिए ।

रत्ननगर उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । १०औ अधिवेशनबाट आगामी कार्यकालको लागि बर्तमान बरिष्ठ उपाध्यक्ष शंकर गिरीले अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।

- ADVERTISEMENT -

Advertisement

अधिवेशनको उद्घाटन समारोहमा संघले व्यवसायीका समस्या पारे सरकारको ध्यानकर्षण गराको छ । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले करोना र आर्थिक संकटका कारण व्यवसायी पलायन हुन सुरु भइसकेको भन्दै व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

आर्थिक संकटका कारण व्यवसायीले बैंकको व्याज तिर्न सक्ने अबस्था नरहेको भन्दै उनले कर र बैंकको व्याज दर घटाउने तर्क ध्यान दिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले आर्थिक संकटका कारण मुलुको अर्थतन्त्र कमजोर बनेको बताए । आर्थिक विकासको एजेण्डामा दलहरु बीच राष्ट्रिय सहमति हुन सके उद्योगिक क्षेत्रका समस्या हल हुने विचार व्यक्त गरे ।

कार्यक्रमा प्रदेश सांसद तथा पूर्वमन्त्री जगन्नाथ थपलिया, रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, पूर्व सांसद शेषनाथ अधिकारी, रत्ननगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुराल, एमालेका जिल्ला उपाध्यक्ष कमल पाठक, माओेवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष कृष्णप्रसाद भूषाल, नेपाल उद्योग बाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, नेपाल उद्योग बाणिज्य संघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

साधारण सभाको बन्दसत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेशन, कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र उपाध्यक्ष रघुनाथ भट्टले प्रस्तुत गरेको कार्यसमितिको बार्षिक योजना सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23