काठमाण्डौ / प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई समावेश गरेको छ ।
म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।
वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो । म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्ष यात्रीसहितका व्यक्तिहरु रहेका छन् ।
टाइमले २०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ। त्यसैको परिणामस्वरुप देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारहरुले अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ । २०७९ बैशाखमा भएको स्थानीय तह चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए ।
टाइमले चुनावी अभियानका क्रममा उनले २०१५ को भूकम्पको अझै प्रभाव कायमै रहेको काठमाडौंमा हेर्दा साधारणजस्ता लाग्ने फोहोर मैला तथा सरसफाईको को उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको उल्लेख गरेको छ ।
‘ती प्रतिबद्धता पुरा गर्नेक्रममा शहरी गरीबमाथि परेको असर र उनीहरु बस्ने घरहरुको भत्काउने कार्य गैरकानुनी देखिएको भन्दै उनले आलोचना खेप्नु प¥यो,’ म्यागेजिनले लेखेको छ । त्यस्तै मेयर पद सम्हालेपछि बालेनले ल्याण्डफिल साइटको उपयोग र फोहरको वर्गीकरण एवं नकुहिने फोहरको व्यवस्थापनका लागि विभिन्न सम्झौता गरेको समेत टाइमले उल्लेख गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मेयर बालेन शाह विश्वका सय उदीयमान सूचीमा पर्न सफल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.39
152.99

European Euro
1
176.06
176.75

UK Pound Sterling
1
206.11
206.92

Swiss Franc
1
187.40
188.13

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.72
110.15

Singapore Dollar
1
119.13
119.60

Japanese Yen
10
9.58
9.61

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.82
41.98

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
41.49
41.66

Malaysian Ringgit
1
37.30
37.44

South Korean Won
100
10.79
10.83

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
495.98
497.93

Bahrain Dinar
1
404.21
405.80

Omani Rial
1
395.80
397.36













