२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

स्व. नेम्वाङको आज अन्त्येष्टि गरिँदै

प्रकाशित मिति : २०८० भाद्र २८ गते
- ADVERTISEMENT -

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्वाङको अन्त्येष्टि आज (बिहीबार) राजकीय सम्मानका साथ हुने भएको छ । स्व. नेम्वाङको अन्त्येष्टि बिहान ११ बजे पशुपति आर्यघाटमा हुने भएको हो ।सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । उनको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।
नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

- ADVERTISEMENT -