March 15, 2025
- ADVERTISEMENT -

अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

September 14, 2023
File photo.

डडेलधुरा / डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका छन् । उक्त अटोमा तीन जना सवार थिए भने तीमध्ये पदम र केशवको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

- ADVERTISEMENT -