Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राज्यले तामाङको पहिचान निमिट्यान्न पारेको अध्यक्ष घलानको आरोप

प्रकाशित मिति : २०८० आश्विन २ गते

–बबिलाल तामाङ
खोलेसिमल । तामाङ समुदायहरु एकै ठाउँमा रहे जस्तोसुकै लडाइँ पनि जित्न सकिने नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलानले बताएका छन् । नेपाल तामाङ घेदुङ कालिका नगर समिति चितवनको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा अध्यक्ष घलानले सो बताएका हुन् ।

तामाङको हक अधिकारका लागि राज्यको निकायमा हाम्रो सहभागिता अनिवार्य हुनु पर्ने अध्यक्ष घलानको भनाइ थियो । राज्यसत्तामा सहभागिता न्यून भएका कारण हक अधिकारबाट बन्चित हुनु परेको दुखेसो व्यक्त गरे ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै उनले राज्यले एक भाषा, एक धर्म र एक संस्कृतिको नीति लादेपछि तामाङ समुदाय सबै अधिकारबाट बञ्चित भएको बताए । नेपाल एकीकरणको नाममा तामाङहरुको भाषा, संस्कृति र पहिचान निमिट्यान्न पारेको उनको भनाइ थियो ।

उनले अढाइ वर्षसम्म भएको यो प्रहारबाट तामाङहरु राज्यको मूलधारमा कहिले आउन नसकेको जिकिर गरे । ‘राज्यसत्तामा तामाङको भूमिका कति छ भन्ने कुराले ठूलो महत्व राख्छ’ उनले भने, ‘राज्यसत्तामा हाम्रो मान्छे भएमा हक अधिकार तथा नीति निर्माणमा पहुँच पुग्ने छ ।’ सबैलाई आजैबाट हातेमालो गर्दै एक ढिक्का भई अघि बढ्न उनले आग्रह समेत गरे ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय तामाङ भाषा लोप हुँदै गएकाले स्थानीय निकाय र वडा कार्यालयलाई ध्यानाकर्षण गराउँदै नेपाल तामाङ घेदुङका जिल्ला, नगर तथा वडालाई भाषा संरक्षणमा लाग्न उनको जोड दिए ।

कार्यक्रममा कालिका नगरपालिकाका उपमेयर विमला तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य सुभाष लामा, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका बाबुलाल थिङ, सचिव सन्देश घलान, सदस्य अशोक तामाङ, कालिका नगरपालिका वडाध्यक्षहरु सन्तविर स्याङतान, वीरेन्द्र तामाङ, कमल मोक्तान, जीवन लामालगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रम नेपाल तामाङ घेदुङ कालिका नगर समितिका अध्यक्ष धन लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव तोमबहादुर तामाङले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23