चितवन / लक्की मिडिया हाउस चितवनले विभिन्न विधाका दुई दर्जन कलाकारहरु सहित चितवनका पुराना पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । मिडिया हाउसले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ अन्तर्गत पत्रकारिता विधातर्फ ढकाललाई सम्मान गर्न लागिएको हो ।
ढकाल विगत दुई दशक बढी देखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनु भएको छ । उनी राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक हुन् ।
- ADVERTISEMENT -

यसअघि उनी पारदर्शी साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका ढकालले पारदर्शी दैनिक, लोकतन्त्र दैनिक, जनआस्था साप्ताहिक, जनदिशा दैनिकलगायतका सञ्चार माध्यममा आवद्ध भइसकेका छन् ।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आउनु भएका व्यवसायी, चिकित्सक, समाजसेवी र खेलाडीलाई सम्मान गरिने छ ।


























