चितवन / थारु समुदायको छाता संगठन थारु कल्याणकारीणी सभा (थाकस) चितवनले असोज ५ र ६ गते अधिवेशन गर्ने तयारी थालेको छ । सभाका अध्यक्ष ललित चौधरीले बुधबार प्रेस सम्मेलन मार्फत् अधिवेशनले गर्ने जानकारी गराएको हो ।
अध्यक्ष चौधरीका अनुसार ५ गते कार्यक्रम उद्घाटन हुने र ६ गते नयाँ समितिका लागि निर्वाचन प्रक्रिया हुनेछ । उनले थारुहरुको छात्राबास निर्माणदेखि भौतिक पूर्वाधार निर्माणमा योगदान दिनुभएका पूर्व मन्त्री एवं चितवन क्षेत्र नं. ३ का सांसद बिक्रम पाण्डेलाई समेत सम्मान गर्ने बताए ।
यस्तै अन्य सम्मानित हुनेहरुमा पूर्व सांसद रुकमणी थारु चौधरी, पूर्व बागमती प्रदेश मन्त्री बिजय सुवेदी, पूर्व बागमती प्रदेश सांसद रामलाल महतोलगायत अन्य सामाजिक ब्यक्तित्वहरु पनि रहेका छन् ।