चितवन / संविधान दिवस–२०८० समारोह समिति र नेपाल मानव धर्म सेवा समिति चितवनको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । उक्त रक्तदान कार्यक्रममा ९ महिला सहित ५७ जनाले रक्तदान गरेको मानव धर्म सेवा समितिका क्षेत्रीय अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
अध्यक्ष धितालका अनुसार संविधान दिवस तथा मानव धर्मको प्रणेता परमपुज्य सद्गुरुदेब श्री सतपालजी महाराजको ७३औं जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उनले रक्तदान जीवनदान भएकाले सबैले मानव सेवामा सहभागी रक्तदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेल, विभिन्न संघ संगठनका प्रमुख, मानव धर्म सेवा समितिका सदस्यहरु लगायतको उपस्थिति थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष रमा बाइजीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मानव धर्म सेवा समिति चितवनले सतपालजी महाराजको जन्मोत्सवमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।