चितवन / सनराइज इंंग्लिस स्कुल भरतपुरको आयोजनामा दोस्रो अन्तर विद्यालय सनराइज सितारियो कँँराते प्रतियोगिता हुने भएको छ । स्कुलको आयोजनामा असोज ५ र ६ गते (शुक्रबार र शनिबार) प्रतियोगिता हुन लागेको हो ।
स्कुलकै प्राङ्गणमा हुने प्रतियोगितामा चितवनका निजी तथा सामुदायिक विद्यालयका चार सय ६८ विद्यार्थीहरु सहभागी हुनेछन् । उनीहरुले २१ तौल समूह र महिला र पुरुष एकल काता गरी २४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
- ADVERTISEMENT -

स्कुलमा गत वर्ष पहिलो संस्करणको प्रतियोगिता भएको थियो ।

























