२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

थाकस चितवनको अधिवेशन सुरु, दर्जनौं व्यक्तिहरुलाई सम्मान

प्रकाशित मिति : २०८० आश्विन ६ गते
- ADVERTISEMENT -

चितवन / थारु कल्याणकारिणी सभा चितवनको १३ औं जिल्ला अधिवेशन शुक्रबारदेखि भरतपुरमा सुरु भएको छ । जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष धनिराम चौधरीले उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा पूर्व सांसद रुक्मिणी चौधरी, पूर्व बागमती प्रदेशमन्त्री विजय सुवेदीसँगै पूर्व बागमती प्रदेश सांसद रामलाल महतोलाई सम्मान गरिएको हो । यस्तै थारु धर्मशाला निर्माणमा सहयोग पुयाउनुहुने ठाकुरप्रसाद चौधरी र धनबहादुर सुवेदीलाई सम्मान गरिएको थियो ।

त्यस्तै शैक्षिक क्षेत्रमा योगदान पुयाउनहुने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । यस्तै माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजि महतो र उपप्रमुख खेमप्रसाद महतो पनि सम्मानित भएका छन् ।

यसैबीच कान्तिपुरका चितवन संवाददाता रमेशकुमार पौडेललाई ‘चितवन थारुरत्न’ ले सम्मान गरेको छ । चितवनका आदिवासी थारु समुदायको अधिकारदेखि साँस्कृतिक सहन सहन र समस्याका विषयमा निरञ्तर कलम चलाउँदै आउनु भएका कारण पत्रकार पौडेललाई थारुरत्न सम्मान प्रदान गरेको थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरीले जानकारी दिए ।

पौडेल दुई दशकदेखि चितवनमा पत्रकारिता गर्दै आउनु भएको छ । कार्यक्रममा चितवनका अर्का पत्रकार कारी महतोसहित शिक्षा, समाज सेवा, कानुनी सेवा लगायतका विषयमा काम गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

थाकसका पूर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले थारु समुदायको साँझा जातीय संस्थाका रुपमा विस २००५ मा केन्द्रमा खुलेको यो संगठन चितवनमा २०१८ सालमा स्थापना भएको जानकारी दिए । चितवनका आदिवासी भइकन पनि थारु समुदाय राजैतिक र अन्य क्षेत्रमा पछाडी पार्ने काम भइरहेको उनको दुखेसो थियो । आज शनिबार सकिने अधिवेशनले थाकसको नयाँ कार्य समिति चयन गर्ने छ ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल,नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायत थारु समुदायका अगुवाहरुले संवोधन गरेका थिए ।

- ADVERTISEMENT -