२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको होटल ह्याप्पी होम छैटौँ वर्षमा प्रवेश

प्रकाशित मिति : २०८० आश्विन ७ गते
- ADVERTISEMENT -

चितवन / होटल ह्याप्पी होमले शनिबार छैटौँ वार्षिकोत्सव मनाएको छ । विगत वर्षको तुलनामा यसपटक आर्थिक मन्दीले गर्दा साथीभाइ शुभचिन्तकहरु बीच भेटघाट गरी समान्य रुपमा वार्षिकोत्सव मनाइएको होटल संचालक कृष्ण महतोले जानकारी दिए ।

महतोले कोरोना महामारीपछि श्रृजित आर्थिक मन्दीलगायत विभिन्न उतार चढावकाबीच वार्षिकोत्सव मनाउन सफल भएको बताए । ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक सबैको मायाले गर्दा आज छैंटो वर्षसम्म आइपुग्न सफल भएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

होटल क्षेत्रबाटै जागिर सुरु गरेका महतो पछि आफै होटल स्थापना गरेर अघि बढेका हुन् । उनी होटल व्यवसायी संघमा पनि आवद्ध भएर व्यवसायीको हकहितमा उत्तिकै सक्रिय छन् ।

उनले होटलले नाफाभन्दा गुणस्तरमा ध्यान दिएको बताउँदै ग्राहकको चाहना अनुसार नै अघि बढ्ने बताए । होटलले विशेषगरी थारु जातिका विभिन्न परिकार समेत पस्कदै आएको उनले भने ।

वार्षिकोत्सवमा सहभागी भएका होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट, वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालय, होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बराल, दिलकुमार श्रेष्ठ, थारु पत्रकार संघ चितवनका अध्यक्ष दीपेन्द्र चौधरी (दीपेश), कमलनगर टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद सापकोटा लगायतले होटल ह्याप्पी होमका सञ्चालक महतोलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -