२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महिला उद्यमी मेला सकियो, ९ हजार दर्शकको अवलोकन

प्रकाशित मिति : २०८० आश्विन ८ गते
- ADVERTISEMENT -

चितवन / उद्योग वाणिज्य संघ चितवनले संचालन गरेको महिला उद्यमी मेला सम्पन्न भएको छ । मेलाको आज (सोमबार) एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं मेला मुल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटा प्रमुख अतिथी रहनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले मेलाले चितवन र आसपासका महिलाहरुलाई उद्यमी बन्न प्रेरित गरेको वताउँदै मेला आयोजक उद्योग वाणिज्य संघ चितवनलाई धन्यवाद ज्ञापन गर्नुभयो । महिला उत्पादनमा जोडिनु आवश्यक रहेको वताउँदै उहाँले उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने दावी गर्नुभयो ।

कार्यक्रमकी विशेष अतिथी भरतपुर महानगरपालिका महिला बालबालिका शाखाकी निर्देशक शान्ता कुमारी पौडेलले महिलालाई आत्मनिर्भर नबनाएसम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने वताउँदै महिलाहरुको उद्यमशिलता विकासमा भरतपुर महानगरपालिकाले विशेष जोड दिँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकिता दिने जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले मेलाको वारेमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरन्जीवि सुवेदी, द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष सिरिष पन्त, उवासंघ चितवन महिला उद्यमी विकास समितिकी अध्यक्ष पुर्णीमा श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रतिनिधि कृष्णा श्रेष्ठलगायत संघका कार्यसमिति सदस्य एवं वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले संचालन गर्नु भएको थियो ।

महिला उद्यमिका समस्याहरु समाधानार्थ बिबिध कार्यक्रम सञ्चालन गर्दै आइरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत हुन सफल उद्योग वाणिज्य संघ–चितवनले महिला उद्यमशिलता विकास र यसको प्रबद्र्धनमा योगदान पु¥याउंने उदेश्यले प्रत्येक बर्ष महिला उद्यमी मेला आयोजना गर्दै आएको छ ।

९ हजार दर्शकहरुले मेला अवलोकन गरेको जानकारी दिँदै उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले मेलामा ३० लाख रुपैया बराबरको आर्थिक कारोवार भएको जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -