April 25, 2025

घर माथिबाट पहिरो खस्दा एक मजदुरको मृत्यु

September 26, 2023
File photo.
- ADVERTISEMENT -

गुल्मी / गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ भने अरु २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका छन् ।

पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडा नम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको गुल्मी अस्पतालमा सामान्य उपचार पछि घर फर्केको प्रहरी जनाएको छ ।

- ADVERTISEMENT -