२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुबई पठाई दिने प्रलोभनमा पारी ठगी गर्ने पक्राउ

प्रकाशित मिति : २०८० आश्विन ९ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / दुबई पठाइदिने प्रलोभनमा पारी रकम ठगी गर्ने अभियोगमा एक जना पक्राउ परेको छ । रौतहटको बिश्रामपुर नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकीलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं नार्गाजुन नगरपालिका–६ पानीट्याङकीबाट उनी पक्राउ पेरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सिध्दिकीले १ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाइ सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -