April 30, 2025

४ किलो सुनसहित तीन जना पक्राउ

September 28, 2023
File photo.
- ADVERTISEMENT -

दोलखा / चार किलो सुनसहित तीन जना पक्राउ परेको छ । सुनसहित तीन जनालाई बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काका अनुसार दोलखा जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको हो ।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको हुनसक्ने आशंका गरिएको छ । पक्राउ परेका तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताए । उनले पक्राउ परेका तीनै जना विगु गाउँपालिका–१ लामाबगरबासी भएको बताएका छन् ।

चीन सरकारले आइतबारदेखि तिब्बतसँग जोडिएको दोलखाकाका दुईवटा नाका खुला गरेको थियो । सुन भित्रिँदै गरेको गोप्य सूचना पाएपछि खड्कासहितको प्रहरी टोली हिजो राति सिंगटी पुगेको थियो ।

एक÷एक केजीको चार पिस सुनसहित तीन जनालाई हिजो राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो ।

सुन सिंगटीका स्थानीय व्यवसायीलाई परीक्षण गराइएको छ भने थप परीक्षण सदरमुकाम चरिकोटमा गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । उक्त तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -