March 15, 2025
- ADVERTISEMENT -

विप्लव पुत्र डा. प्रकाशसँग चितवनकी डा. मान्यताको जनवादी विवाह

September 28, 2023

चितवन / डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच प्रगतिशील जनवादी विवाह भएको छ । डाक्टर प्रकाश नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा हुन् ।

पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा बुधवार उनीहरूको प्रगतिशील विवाह सम्पन्न भएको हो । पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा सबैले टीका लगाएर शुभकामना दिएका थिए । सोही अवसरमा सामना परिवारले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अन्य पार्टीका धेरै नेताहरूको उपस्थिति नभए पनि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त पुगेका थिए । प्रकाश र मान्यता चितवनमा एमबिबिएस अध्ययनका क्रममा परिचित भएका हुन् ।

प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव छन् भने पार्टीको केन्द्रीय सदस्य हुन् मान्यता संघको केन्द्रीय सदस्य हुन् ।

- ADVERTISEMENT -