२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

सडक पेटी मिच्ने पसले र फुटपाथ व्यवसायीलाई चेतावनी [with video]

प्रकाशित मिति : २०८० आश्विन १२ गते

–बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयले नारायणगढको फुटपाथ व्यवस्थापनमा जोड दिएको छ । टोल विकास संस्थाका प्रतिनिधि तथा जनगुनासो बढेपछि वडा कार्यालयले बिहीबार फुटपाथ व्यवस्थापनका लागि नगर प्रहरीको टोलीसहित जुनहल रोड र गंगोत्री मार्गमा अनुगमन गरेको हो ।

फुटपाथ व्यवसायी सँगसँगै पसलवालाले पेटी नै मिचेर सामान राखी बिक्री गर्ने सबैलाई फुटपाथ व्यवस्थापनमा सहजीकरणका लागि आग्रह गरिएको भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘पैदलयात्रु हिँड्ने सडकको पेटी नै मिचेर फुटपाथ व्यवसाय गर्ने र पसलवालालाई पेटिमा राखिएका सामान हटाउन आग्रह गरेका छौं’ उनले भने, ‘अटेर गरेमा सामान नियन्त्रण लिने र जफत पनि गर्नेछौं ।’ १ नं. वडालाई फुटपाथ व्यवस्थापन गरी शहर सुन्दर बनाउने सँगसँगै दुर्घटना न्यूनीकरण पनि हुने भएकाले अभियान नै थालिएको अध्यक्ष महर्जनको भनाइ छ ।

उनले हाइवेतर्फ सडक मर्मतको कार्य भइरहेकोले अहिले भित्री बाटोमा मात्र फुटपाथ व्यवस्थापनलाई अघि बढाएको बताए । हाइवे सडक मर्मत कार्य पूरा भएपछि सबै ठाउँमा बृहत रुपमा फुटपाथ व्यवस्थापन अभियानलाई अघि बढाउँदै लैजाने उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष महर्जनका अनुसार स्थानीय फुटपाथ व्यवसायीसँगसँगै बाहिरी जिल्लाबाट आउने पनि पाइएको छ । पछिल्लो समय काठमाडौंबाट हटाइएका फुटपाथ व्यवसायीहरुको ओइरो लागेकोले संख्यात्मक रुपमा बढ्दै गएको उनले भने । लायन्सचोकदेखि पुलचोकमा सडक निर्माण कार्य भइरहेकाले पनि भित्री सडकतर्फ फुटपाथ व्यवसायीहरुको ओइरो लागेको अनुमान गरिएको छ ।

भरतपुर महानगरले फुटपाथमा व्यवसाय नगर्न अनुरोध र कारवाही पनि गर्दै आएको छ । धेरै हदसम्म फुटपाथ व्यवसायीहरु पलायन भएको पाइएको छ भने अझै पनि छिटफुट रुपमा नारायणगढ बजारमा छन् । महानगरले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्न नसक्दा अझै पनि उनीहरु सडकमा व्यवसाय गर्न बाध्य छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36