April 20, 2025

तीन दिन बढी पानी पर्ने अनुमान : मौसम

September 30, 2023
File photo.
- ADVERTISEMENT -

काठमाडौं / देशका धेरै स्थानमा अबका तीन–चार दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहे पनि औसतभन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र वर्षाको सम्भावना रहेको छ ।

शनिबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ । यो अवधिमा पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह केही बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पूर्वी भूभागमा अहिले बदली र हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -