चितवन / भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले राष्ट्रिय विज्ञान दिवस–२०८० का अवसरमा भरतपुरमा शनिबार अन्तर माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।
‘विज्ञान साक्षरता र उद्धमशिलता, सबल अर्थतन्त्रको आधारशिला’ भन्ने मुल नाराकासाथ आयोजना गरिएको प्रदर्शनीमा महानगरपालिकाभित्रका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको महानगर शैक्षिक प्रशासन प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
विज्ञान प्रदर्शनीमा नारायणी नमुना माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । यसैगरी नेपाल पुलिस स्कुल भरतपुर द्वितीय र नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय भरतपुर तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद दस हजार, द्वितीय हुनेले नगद आठ हजार र तृतीय हुने विद्यालयले नगद छ हजार रुपैया पुरस्कार राशी प्राप्त गरेका छन् ।