२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

बौद्धधर्म सेवा समितिद्वारा कृष्णबहादुर गुरूङ सम्मानित

प्रकाशित मिति : २०८० आश्विन १४ गते
- ADVERTISEMENT -

चितवन / समाजसेवी एवम् व्यवसायी कृष्णबहादुर गुरूङलाई बौद्धधर्म सेवा समिति चितवन (महाबौद्ध गुम्बा)ले सम्मान गरेको छ । समितिको १६औँ साधारणसभाका क्रममा शनिबार सम्मान गरिएको हो । समितिका पूर्वसल्लाहकार एवम् तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले उनलाई सम्मान गरेका हुन् ।

केही समयअघि बिरामी परेका धर्मगुरू न्हर्बु गुरूङको उपचारको लागि सामाजिक सञ्जालमार्फत रकम संकलन गरेर मह¤वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङले जानकारी दिए ।

तमू ह्युल छोँज धीँ चितवनका वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका कृष्णबहादुर गुरूङले फेसबुकमा अभियान चलाएरै सात लाख ४७ हजार ९७४ रूपैयाँ रकम संकलन गरिदिएका थिए । सोही रकमबाट उपचार गरेपछि धर्मगुरूले नयाँ जीवन पाएको भन्दै प्रोत्साहनस्वरूप रकम संकलक कृष्णबहादुर गुरूङलाई सम्मान गरिएको अधयक्ष गुरूङले बताए ।

साधारणसभामा समितिका सचिव दलबहादुर गुरूङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष हरिभक्त गुरूङ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विपश्यना गुरू अक्कलध्वज गुरूङ, बौद्धधर्म सेवा समिति चितवनका पूर्वअध्यक्षहरू देवेन्द्र गुरूङ र रामकृष्ण गुरूङ, तमू ह्युल छोँज धीँकी सचिव मीना गुरूङलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम समितिका अध्यक्ष विकाश गुरूङको अध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -