April 26, 2025

चितवनको तमू प्ये ल्हु संघमा विक्रम गुरूङ निर्वाचित

October 1, 2023
- ADVERTISEMENT -

चितवन । तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा विक्रम गुरूङ चयन भएका छन् । संघको शनिबार सम्पन्न २०औँ साधारण सभा तथा सातौँ अधिवेशनबाट विक्रमको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

आगामी दुई वर्षे कार्यकालको लागि उपाध्यक्षमा इन्द्रकुमारी गुरूङ र कृष्णबहादुर गुरूङ, सचिवमा चित्रबहादुर गुरूङ र संगठन सचिवमा पूर्ण गुरूङ, कोषाध्यक्षमा रीता गुरूङ तथा सह–कोषाध्यक्षमा जयबहादुर गुरूङ चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा भने कुमार गुरूङ, ज्ञान गुरूङ, कृष्ण गुरूङ, रेशबहादुर गुरूङ, ईश्वर गुरूङ र माया गुरूङ चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित भइसकेपछि विक्रम गुरूङले प्ये ल्हु संघमातहतमा रहेका सबै भातृ संगठन एवम् इकाइ समितिलाई थप मजबुद बनाउँदै लैजाने बताए ।

- ADVERTISEMENT -