April 19, 2025

सरकारी कामकाजको भाषा सम्बन्धि बागमती प्रदेशमा छलफल

October 2, 2023
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेश सभाको बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । प्रदेश सभाको आइतबार अपराह्न बसेको दोस्रो बैठकमा उक्त विधेयकमाथि सौद्धान्तिक छलफल भएको हो ।

उक्त विधेयक संस्कृतिक, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सौद्धान्तिक छलफल गरियोस् भनि संसदमा प्रस्ताव टेबुल गरेका थिए ।

सो क्रममा प्रदेश सभाका सदस्य क्रमशः रमा आले मगर, सुरेन्द्रराज गोरसाईँ, सृजना सैजू, मधुसुदन प्रसाद पौडेल, बसन्त मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

छलफलको क्रममा प्रदेश सभाका सदस्यहरुले सरकारद्वारा प्रस्तुत गरिएको सो विधेयक प्रशंसनीय रहेको बताउँदै प्रदेशको अन्य जिल्लामा रहेका सुनुवार, जिरेल र मगर भाषाकालाई पनि उथान गर्नुपर्नेमा जोड दिएको थियो ।

उनीहरुले नेवारी परम्परा अनुसारको जात्रा पर्वलाई सम्पदा सूचीमा संरक्षण गर्नेतर्फ पनि प्रदेश सरकारको दीर्घकाली रुपमा प्रभाव पार्ने कार्यलाई तीब्रता दिनुपर्ने बताए ।

यस्तै, सो क्रममा उठेको प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री महर्जनले सरकारले संघीयताको आधार स्वरुप प्रदेश सरकारले दीर्घकालिन भाषिक विकासको लागि पहिलो चरणमा नेवारी र तामाङ भाषालाई प्राथमिकता दिएर कार्यान्वयमा ल्याउन लागिएको बताए ।

उनले प्रदेशको विभिन्न जिल्लामा रहेका आदीवासी जनजाति, दलितहरुको पनि मातृभाषासहितको भाषिक विकासको लागि क्रमशः विधेयकहरु प्रस्तुत गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।

प्रदेश सभाको अर्को बैठक भोलि असोज १५ गते दिउँसो २ बजे बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

- ADVERTISEMENT -