२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद

प्रकाशित मिति : २०८० आश्विन १७ गते
- ADVERTISEMENT -

काठमाडौं / भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरीले सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको हो ।

प्रहरीका अनुसार, भारतबाट अवैध रुपले ल्याई लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बीओपी) गडिगदियाबाट खटिएको टोलीले उक्त रकम बराबरको ७८ पोका लत्ताकपडा बरामद गरेको हो ।

स्थानीयबासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -