रत्ननगर / रत्ननगर नगरपालिकाले घर–घरमा गएर सिरक डसना बनाउनेहरूलाई रोक लगाएको छ । नगरभित्र सिरक डसना बनाउन घरघर नजान नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गरी रोक लगाएको हो ।
सूचनामा टोल बस्ती, तथा चोक चोकमा माइकिङ गरी ट्रयाक्टरमा घुम्ती सेवा मार्फत सिरक डसना बनाउन घरघर नजान आग्रह गरिएको छ ।
सूचनामा नगरपालिकाबाट सिरक डसना निर्माण सम्बन्धी व्यवसाय दर्ता नगरेको वा एक पटक व्यवसाय दर्ता गरेकै आधारमा दर्ता भएको स्थान बाहेक घुम्ती सेवा दिन नपाइने उल्लेख छ ।
साथै जुन स्थानमा व्यवसाय सञ्चालनको अनुमति छ त्यही स्थानबाट मात्रै सेवा दिएको नपाइए कानून बमोजिम कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।