२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माडीमा होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन हुने

प्रकाशित मिति : २०८० आश्विन १७ गते
- ADVERTISEMENT -

चितवन / होमस्टे महासंघ नेपालको ‘चौथो राष्ट्रिय सम्मेलन एवं होमस्टे कार्यशाला गोष्ठी २०८०’ हुने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको सभाहलमा सोमबार पत्रकार सम्मेलन मार्फत असोज २५,२६ र २७ गते चौथो राष्ट्रिय महाधिवेशन माडीमा हुने जानकारी गराइएको हो ।

होमस्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीका अनुसार उक्त सम्मेलनमा नेपालभरिबाट ६ सय प्रतिनिधि सहभागी हुनेछ । निजी र सामुदायिक होमस्टे गरी नेपालको ६८ जिल्लाको १५ सय गाउँबाट सम्मेलनमा सहभागिता जनाइने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

महाधिवेशनमा मौलिक कला संस्कृति, खानपान, ज्ञान शिप, प्रविधि प्रदर्शनी, मिश्रित पराम्परामा आधारित साँस्कृतिक कार्यक्रम र देशैभरीका होमस्टे गाउँको पर्यटकीय प्रोडक्सहरुका बारेमा जानकारी गराइने उनले बताए ।

गाउँ पर्यटनको मुख्य आधारको रुपमा स्थापित होमस्टे सेवालाई थप प्रभावकारी बनाउँदै समुदायको सामुदायिक रुपमा आर्थिक समृद्धि गर्ने, युवाहरु विदेशीनबाट रोक्ने, गाउँको उत्पादन गाउँमै खपत गर्न सकिने होमस्टे सेवालाई प्रचार प्रशार गर्न होमस्टे महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन चितवनको माडीमा आयोजना गर्न लागिएको उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -