चितवन / नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)ले चलाएको ‘समाजवादी जागरण अभियान’ को टोली आज (शुक्रबार) चितवन आइपुग्ने भएको छ । असोज १४ गतेदेखि ‘समाजवादी जागरण अभियान’ सुरु गरेको बिहीबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत नेकपा एस चितवनका अध्यक्ष अरुण पीडित भण्डारीले जानकारी गराएको हो ।
उनले मुलुक रुपान्तरणका लागि पार्टीको दृष्टिकोणलाई जनसमक्ष पु¥याउनका निम्ति अभियान चलाइएको बताए । पार्टीको आफ्नो धारणा राख्नमात्रै नभई जनताको राय सुझाव लिनका लागि पनि अभियान चलाइएको उनले बताए ।
‘विगतबाट सिक्दै र सच्चिँदै मुलुकलाई सही दिशा दिनका लागि पनि अभियान सार्थक हुने देखिन्छ’, उनले भने । देशको राजनीतिक यात्रा जनताको चाहना र अपेक्षाअनुसार चल्न नसकेको हुँदा जनताबाट राज्य सञ्चालकहरुमाथि खबरदारी बढ्दै गएकोले जनस्तरबाटै सुझाव संकलन गर्नका लागि पार्टीले नयाँ अभियान थालेको उनको भनाइ थियो ।
अभियानअन्तर्गत शुक्रबार चितवनका दुई स्थानमा कोणसभा हुने उनले बताए । दिउँसो २ बजे राप्ती नगरपालिकाको भण्डारा चोकमा र ५ बजे भरतपुरको चौबीसकोठी चोकमा कोणसभा हुने उनले बताए । कार्यक्रममा सहभागी हुनका लागि पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका शीर्ष नेताहरु चितवन आउने छन् ।
त्यसबाहेक, भरतपुर र सौराहामा विभिन्न वर्ग र तहका व्यक्तिहरुसँग समाजवादी जागरण अभियानको आवश्यकता, उद्देश्य र औचित्यबारे भेटघाट हुने एकीकृत समाजवादी चितवनका अध्यक्ष भण्डारीले जानकारी दिए । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म रोजगारी, समृद्धि र सुशासनको नारा लिएर अभियान चलाइएको पार्टीले जनाएको छ ।
आज नेकपा (एस)को भण्डारा र चौबीसकोठीमा कोणसभा
October 6, 2023
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -