April 22, 2025

राइनो राइडर्सको वार्षिकोत्सव : १२ नयाँ सदस्यलाई स्वागत

October 9, 2023
- ADVERTISEMENT -

चितवन / रोयल राइनो राइडर्स क्लब चितवनले क्लबमा नयाँ सदस्यहरूलाई स्वागत गरेको छ । क्लबको वार्षिकोत्सवको अवसर पारेर १२ जना नयाँ सदस्यहरूलाई क्लबमा स्वागत गरिएको हो ।

बागमती प्रदेशका सांसद गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)को प्रमुख आतिथ्यतामा नयाँ सदस्यहरूलाई क्लबमा प्रवेश गराइएको हो । क्लबमा नवप्रवेशीहरूलाई क्लबको ज्याकेटसमेत प्रदान गरिएको थियो ।

क्लबका अध्यक्ष अमृत श्रेष्ठका अनुसार क्लबको चिनारी दिलाउनको लागि हरेक सदस्यलाई ज्याकेट प्रदान गर्दै आएको छ। ‘यसपटक हामीले १२ जना सदस्यलाई ज्याकेटसहित स्वागत गर्न सफल भयौँ,’ उनले भने, ‘सुरूसुरूमा रोयल इन्फिल्ठ भनेपछि घर परिवारबाटै साथ सहयोग थिएन । तर, अहिले परिवारले पनि राम्रोसँग बुझ्दै गएको छ ।’

समाजमा काम गर्दै जाँदा सकारात्मक प्रभाव परेपछि बल्ल परिवारबाट पनि साथ सहयोग मिल्दै गएको उनको भनाइ छ । क्लबले घुमफिरसँगै सामाजिक कामलाई प्राथमिकतामा राख्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद तामाङले आगामी दिनमा सामाजिक काममा पनि जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए। लागूपदार्थ दुव्र्यसनी विरूद्ध सचेतना कार्यक्रम गर्नु अति नै आवश्यक भइसकेको उनले बताए। ‘त्यसबाहेक वातवारण संरक्षणजस्ता कामलाई पनि क्लबको वार्षिक योजनामा पारेर अगाडि बढ्न मेरो सुझाव छ,’ उनले भने ।

कार्यक्रममा नाचगानमार्फत मनोरञ्जनसमेत सञ्चालन भएको थियो। क्लबमार्फत यसअघिका दिनमा वृक्षरोपण, रक्तदान, सरसफाइ, सचेतनामुलक ¥यालीलगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको भ्रमण वर्ष–२०२४ लाई पनि क्लबले विशेष भूमिका खेल्न सक्ने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -