२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

लायन्स क्लबद्वारा वर्ष २०२३–२०२४ को समितिलाई पदस्थापन

प्रकाशित मिति : २०८० आश्विन २२ गते
- ADVERTISEMENT -

चितवन / लायन्स क्लब अफ नारायणगढ चित्रवनले क्लबको नयाँ समितिलाई पदस्थापन गराएको छ । आइतबार भरतपुरमा कार्यक्रम आयोजना गरेर पदस्थापन गरिएको हो । वर्ष २०२२–२०२३ का अध्यक्ष प्रवीणकुमार श्रेष्ठ नेतृत्वको समितिले श्यामकृष्ण श्रेष्ठ नेतृत्वको समितिलाई पदस्थापन गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर आरएस महतोले क्लबको गरिमा थपिने गरी काम गर्न नयाँ समितिलाई सुझाव दिए । अन्तर्राष्ट्रिय क्लबको मूल्यमान्यतालाई आत्मसात गर्दै हरेक सदस्यले जिम्मेवार भएर काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।

क्लबका इमिडियट पास्ट डिष्ट्रिक गभर्नर सिद्धार्थलाल चुकेले लायन्सले पुण्य कमाउने खालको काम गर्नुपर्ने बताए । पछिल्लो समय आँखा दानजस्तो पुण्य कर्ममा लायन्स क्लब जोडिन सक्ने भन्दै उनले भने, ‘एक जनाको स्वस्थ आँखाबाट चारजनाले दृष्टि पाउन सक्छ । त्यसैले क्लबले त्यस्ता कार्यक्रमतर्फ पनि ध्यान दिन जरूरी छ ।’

क्लबका वर्तमान अध्यक्ष श्यामकृष्ण श्रेष्ठले क्लबले विगतमा गरेका काम र भावी कार्ययोजना सुनाएका थिए । वृक्षरोपण, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क आँखा परीक्षण, विद्यार्थीलाई पोषाक तथा छात्रवृत्ति वितरण गर्नेलगायतका काम आफ्नो कार्यकालभरी हुने उनले बताए ।

क्लबका प्रथम भाइर डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, क्याविनेट सेक्रेटरी शुकुमार लोप्चनलगायतको उपस्थिति रहेको कार्यक्रमको पहिलो खण्ड पूर्वअध्यक्ष उद्धव जोशी र दोस्रो खण्ड वर्तमान सचिव एवम् पूर्वअध्यक्ष दिलीप भट्टराईले सञ्चालन गरेका थिए । क्लबले नयाँ सदस्यलाई स्वागत गर्नुका साथै केक काटेर वार्षिकोत्सव मनाएको थियो ।

- ADVERTISEMENT -