Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अन्डाको फाइदाबारे चेतना जगाउन प्रदेश यात्रा

प्रकाशित मिति : २०८० आश्विन २४ गते

–बबिलाल तामाङ
भरतपुर  । कुखरापालनको व्यावसायिक यात्रासँगै सन् १९९६ सालमा इन्टरनेशनल एग कमिसनको स्थापना भयो । सोही आधारमा अण्डा उत्पादक व्यवसायीहरूले हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाउँदै आएका छन् । विगतकै वर्षमा हुने गरेका दिवसलाई पछ्याउँदै यस वर्ष पनि अण्डा उत्पादक व्यवसायीले प्रदेश यात्रामार्फत अण्डाको महŒवबारे बुझाउने प्रयास गरेका छन् ।

२७औँ विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरिनरी एसोसिएसनको संयुक्तरूपमा सातवटै प्रदेशका सरकारी विद्यालयमा अण्डाको महŒवबारे जानकारी गराउने प्रयास गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार असोज २२ गतेबाट सुरू भएको सप्ताहव्यापी कार्यक्रम २६ गतेसम्म जारी रहने छ ।

- ADVERTISEMENT -

Advertisement

‘हामीले यसपटक हरेक प्रदेशको १० वटा सरकारी विद्यालयमार्फत अण्डाको महत्वबारे जनचेतना जगाउने प्रयास गरेका छौँ,’ उनले भने, ‘विद्यार्थीमार्फत अभिभावकलाई बुझाउँदा बढी प्रभावकारी हुने देखिएपछि यसतर्फ ध्यान केन्द्रित गरेका हौँ ।’

यसबाहेक अण्डा खुवाउने, बिरामी, अशक्त तथा वृद्धवृद्धाहरुलाई अण्डा वितरण गर्ने, रक्तदान कार्यक्रम गर्ने र अण्डासम्बन्धी अन्तक्र्रिया चलाउने कार्यक्रम भइरहेको उनको भनाइ छ । उनका अनुसार कार्यक्रमको सुरूवात सबै जिल्लामा एकसाथ भए पनि समापन भने कास्कीको पोखरामा असोज २६ गते हुने छ । यो बीचमा नेपालको पोल्ट्री क्षेत्रमा भएका नीतिगत समस्याबारे सरकारी तथा निजी क्षेत्रका व्यवसायीबीच छलफल, गोष्ठीलगायतका कार्यक्रम पनि हुने छन् ।

- ADVERTISEMENT -

Advertisement

समापन कार्यक्रममा अण्डाको महत्व, खपतको अवस्था, अण्डामा पाइने प्रोटिन, मानव स्वास्थ्यसम्बन्धी विज्ञ चिकित्सकहरूले कार्यपत्र प्रस्त्ुत गर्ने कार्यक्रम तय भएको नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय सदस्य डा निकेश खनालले बताए । उनका अनुसार समापन कार्यक्रममा अण्डाका विभिन्न परिकारको प्रदर्शनीसमेत गरिने छ ।

नेपालमा पछिल्लो समय अण्डाको माग र उत्पादन दुवै घट्दै गएको हुँदा विश्व अण्डा दिवसको अवसरमा देशव्यापी कार्यक्रम गर्न आवश्यक देखिएको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए । ‘बजारमा माग नै कम भएपछि उत्पादन बढाएर पनि काम भएन,’ उनले भने, ‘त्यसैले विगतको तुलनामा मागअनुसार उत्पादन पनि घटेको छ ।’

विश्व अण्डा दिवसको अवसर पारेर गरिएको सप्ताहव्यापी कार्यक्रमबाट अण्डाको महत्व र प्रयोगबारे जानकारी बढ्ने हुँदा व्यवसायीलाई थप सहयोग पुग्ने उनको भनाइ छ । ‘पछिल्लो केही वर्षयता घरमा दुई÷चार वटा कुखुरा पाल्नेहरूले पनि पाल्न छाडे,’ उनले भने, ‘जसले गर्दा अण्डामात्र होइन, चल्ला पनि बिक्री हुन छाड्यो ।’ तुलनात्मकरूपमा कुखुरामा देखिने समस्या जाडो महिनाको तुलनामा गर्मी महिनामा बढी हुने भएकोले पनि अहिलेको मौसममा घरायसी प्रयोजनमा पनि कुखुरा पाल्नेको सङ्ख्या कम भएको अध्यक्ष विष्टले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80