April 22, 2025

तिहारमा सांँस्कृतिक कार्यक्रम गर्दै उज्यालो टाईम्स

October 15, 2023
- ADVERTISEMENT -

चितवन / उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम–२०८० गर्ने भएको छ । भरतपुर भ्रमण बर्ष–२०२४ लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते उक्त कार्यक्रम गर्न लागेको हो ।

उज्यालो टाईम्स प्रा.लि.का अनुसार नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने छ । तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धनका लागि कार्यक्रम हुन गइरहेको प्रा.लि.का अध्यक्ष राजु भट्टले जानकारी दिए ।

यस कार्यक्रमले तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने उनेको भनाई छ । कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहने बताइएको छ ।

कार्यक्रमको लागि करीब ७० प्रतिशत तयारी पुरा भईसकेको कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले बताए । ’हामी कार्यक्रमका तीब्र तयारीमै छौं , संयोजक श्रेष्ठले भने, कार्यक्रम पूर्ण रुपमा सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’

कार्यक्रमबाट बचेको केही प्रतिशत रकम समाजसेवाका लागि खर्च गरिने श्रेष्ठको भनाई छ ।

- ADVERTISEMENT -