April 26, 2025

सुनको भाउ आकाशिँदै, सातामा २ हजार ८ सयले बृद्धि

October 15, 2023
File photo.
- ADVERTISEMENT -

काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, गत साता शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले वृद्धि भएर सुनको कारोबार भएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।

सुनको भाउ बढेको यो साता चाँदीको भाउमा समेत तोलामा ३५ रुपैयाँको वृद्धि आएको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारमा चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम छ ।

- ADVERTISEMENT -