April 20, 2025

चितवनका जेष्ठ पत्रकार सिंञ्जालीलाई आर्थिक सहयोग प्रदान

October 19, 2023
- ADVERTISEMENT -

चितवन / नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा चितवनका साधारण सदस्य वीरबहादुर सिञ्जालीलाई ज्येष्ठ पत्रकार कल्याणकारी रकम प्रदान गरिएको छ । महासङ्घ चितवन शाखाको आग्रहमा राप्ती नगरपालिकाले बुधबार सिञ्जालीलाई रु ५० हजार सहयोग गरेको हो ।

राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीसहितको टोलीले सिञ्जालीलाई उहाँकै निवासमै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख लामाले महासङ्घले सुरुआत गरेको ज्येष्ठ पत्रकार कल्याणकारी कोष राप्तीमा सुरु गरिनसकेको भए पनि ६० वर्ष काटेका नगरवासी सिञ्जालीलाई एक वर्षको एकमुष्ट रकम प्रदान गरिएको बताउनुभयो । भरतपुर महानगरपालिकाको सहयोगमा महानगरभित्रका ६० वर्ष कटेका पत्रकारलाई महासङ्घले कल्याणकारी कोष अन्तर्गत मासिक रु चार हजार दिँदै आएको छ ।

महानगर बाहिरका ज्येष्ठ पत्रकारलाई सोही पालिकासँग समन्वय गरेर रकम दिँदै आएको जिल्ला अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरले उपलब्ध गराएको रु २० लाख अक्षयकोषमा राखेर प्राप्त ब्याजबाट मासिक दिइदै आएको छ । राप्तीका पत्रकार सिञ्जालीलाई ६० वर्ष पुगेसँगै गत वर्षबाट सहयोग गर्न थालिएको हो ।

- ADVERTISEMENT -