२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर वडा नं. ८ र ९ का पसलमा चरम लापरवाहीको गुनासो

प्रकाशित मिति : २०८० कार्तिक २ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिकाले बुधबार वडा न ८ र ९ मा रहेका मासु, दूध, होटेल, किराना तथा एग्रोभेटहरुको स्थलगत अनुगमन गरेको छ । ती वडामा रहेका पसलहरुमा चरम लापरबाही र हेलचक्राइ भएको गुनासो आएपछि महानगरले अनुगमन गरेको हो ।

महानगरले अहिले चाडपर्व लक्ष्यित कार्यक्रम अन्तर्गत दुध ,मासु र दुधबाट बन्ने परिकारहरुमा केन्द्रीकृत रहि अनुगमनलाइ निरन्तरता दिइरहेको छ । अनुगमन टोलिले केही पसलहरुबाट २४ थान अमिलो र दुई थान अचार बरामद गरि नष्ट समेत गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

महानगरले दैनिक अनुगमनलाइ उपभोक्तामुखी बनाउदै आइरहेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । “महानगरपालिका भनेको उपभोक्ताहरुको स्थानीय सरकार हो सापकोटाले भन्नुभयो,स्थानीय सरकारको प्रत्याभूति हुने गरि महानगरले बजार अनुगमन गर्ने गर्दछ ।

चाडपर्व आएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै भरतपुर महानगरले बजार अनुगमन गरिरहेको छ।

चाडपर्वंमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अबाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्व भित्र पर्दछ। महानगरले गर्नुपर्ने अन्य अनुगमनका पाटाहरु पनि छन् तर अहिले ती सबै अनुगमनहरुलाइ थाती राख्दै खाद्यान्न, तरकारी लगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार लगायतका क्षेत्रमा केन्द्रीत हुनुपर्छ,सापकोटाले भन्नुभयो ।

भरतपुर महानगरका पशु चिकित्सक डा श्याम देवकोटा पहिलेको तुलनामा मासु तथा दूध पसलहरुमा व्यापक सुधार आएको तर्क राख्नु हुन्छ ।

“दशै हो भन्दैमा अनियमित तरिकाबाट मासु तथा दुधको सेवन नगर्न उपभोक्ताहरुलाइ मेरो आग्रह छ देवकोटाले भन्नुभयो,सामान्य समयमा जस्तै नियमित र पाचन हुनसक्ने खाना तथा परिकारहरु खान मेरो अनुरोध छ । अनुगमन कार्य भरतपुर महानगरको नियमित दैनिक कार्यसुची मै पर्दछ । दैनिक कार्यक्रम अनुसार नै बजार अनुगमन गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य बिष्णु बहादुर भुजेलले बताउनु भयो ।

अनुगमनमा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य बिष्णु बहादुर भुजेल,पशु चिकित्सक डाक्टर श्याम देवकोटा, नगर प्रहरी प्रमुख मेघराज भट्टराई, पत्रकार तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -