जेरूसलम / गाजाबाट करिब १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार इजरायली धम्कीपछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका हुन् । जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छन् ।
संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन् ।
- ADVERTISEMENT -
युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ । ती मध्ये एउटा विद्यालय,मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइ रहेका थिए । जसमाथि इजरायली हवाई हमला परेपछि कम्तिमा छ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।