मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ मा शुक्रबार बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकामध्ये बकैया–७ बस्ने वर्ष २० वर्षीया शुस्मा माझीको अवस्था गम्भीर रहेको प्रनाउ भण्डारीले बताए ।
घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहको बताइएको छ ।